सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आईपीएल क्रिकेट : चेन्नईलाई ७ रनले पराजित गर्दै हैदराबादले निकाल्यो दोस्रो जित

दैनिक नेपाल २०७७ असोज १७ गते ९:१०

काठमाडौं, १७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।

हैदराबादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्यो । रवीन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन ।

कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए ।

शार्दुल ठाकुर र पियुस चावालाले १÷१ विकेट लिए । हैदराबादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया
सम्बन्धित