३१ आश्विन २०८३, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, १७ असोज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भनाए गरिएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

यसअघि आफू र आफ्नी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएकोबारे ट्रम्प आफैले ट्विट गरेर सार्वजनिक गरेका हुन् ।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने यकिन छैन । ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने छ ।