३१ आश्विन २०८३, शनिबार

कहिले सकिन्छ यो वर्षको मनसुन ? यस्तो छ आजको मौसम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले अझै पर्सि (सोमबार) सम्म नै देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यसले गर्दा मनसुन सकिन अझै केही दिन लाग्ने महाशाखाको भनाइ छ । तर, बिहीबारदेखि नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ ।

यद्यपि बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने महाशाखाको भनाइ छ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ ।

यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको थियो । बंगालको खाडीमा रहेको प्रणालीकै प्रभावले अहिले पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भइरहेको छ ।

यसैबीच आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यस्तै राति पनि देशभरका थोरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।