३१ आश्विन २०८३, शनिबार

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न सहमति जुट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर : भालुवाङ बजार

काठमाडौं, प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बी सहमति जुटेको छ ।

दुईअध्यक्षबीच सहमति जुटेसँगै अब प्रदेश ५ ले स्थायी राजधानी पाउने सम्भावना बढेको छ । तर, नामको बारेमा अझै मतभेदहरु कायमै छन् । यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न ढिलाई भइरहेको थियो ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए । त्यसो त पार्टी एकीकरणअघि पूर्व माओवादीले पनि प्रदेश ५ को राजधानी दाङमा बनाउने औपचारिक निर्णय गरिसकेको थियो ।

तर, पूर्वएमालेभित्र राजधानी दाङ वा बुटवल राख्ने विषयमा मतभेद रहँदै आएको थियो ।