३१ आश्विन २०८३, शनिबार

लालीगुँरासले शुरू गर्यो एटीएम सेवा र डेरी उद्योग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ असोज । श्री लालीगुरास सहकारी संस्थाले एटीएम सेवा शुरू गरेको छ ।

पुल्चोकस्थित मुख्य कार्यालयमा सो सेवा शुरू गरेको हो । एटीएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरे । संस्थाको २२औं स्थापना दिवसको अवसरमा एटीएम सेवा शुरू गरेको संस्थाले बताए ।

करिब २१ हजार शेयर सदस्यले बिहीबारबाट एटीएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । निकट भविष्यमा आफ्ना अन्य सुविधा काउन्टरहरुमा समेत एटीएम बुथ स्थापना गरी सेवा दिने जानकारी दिए ।

संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन समेत गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गरे ।

ंसंस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ विक्री गर्न शुरू गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दूध, दही, मोही, नौनी, घ्यूको विक्रीवितरण शुरू गरेको जानकारी दिए ।

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरेका थिए ।