३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा गर्ने निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन आगामी चैतमा गर्ने निर्णय भएको छ ।

पार्टी केन्द्रीय समितिको हिजो बिहीबार बसेको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी कानूनी व्यवस्थाअनुसार आगामी चैत महिनामा सम्मेलन गर्ने निर्णय गरेको हो ।

चैतमा हुने चौथो राष्ट्रिय सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति समेत बैठकले गठन गरेको छ ।

उक्त समितिको सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महसाचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट छन् ।

त्यसैगरी महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन भएको छ । सो समितिको सदस्यहरुमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो छन् ।