३१ आश्विन २०८३, शनिबार

२०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । सुनको मूल्यमा शुक्रबार प्रतितोला २०० रुपैयाँले कमी आएको छ ।

यो सँगै नेपाली बजारमा शुक्रबारका लागि छापावाल सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । बिहीबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि पनि सोही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।