
काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको लामो भेटमा शनिबार बैठक बोलाउने सहमति भएको हो । बैठक शनिबार अपराह्न ४ बजे बस्ने तय भएको छ । प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन् ।
बिहीबार सरकारले अमेरिकाको लागि डा. युवराज खतिवडा, लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनको मुद्दा पनि उस्तै पेचिलो बनिरहेको छ ।















प्रतिक्रिया