
काठमाडौं, १६ असोज । आईएमई जनरल इन्स्योरेन्स र हस्पिटल फर एड्भान्स मेडिसिन तथा सर्जरी (ह्याम्स) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् । बिहीबार भएको सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म ह्याम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेशस (क्यासलेस हस्पिटालाइजेशन) सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा प्रमुख कार्यकारी श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहक महानुभावलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने छन् ।















प्रतिक्रिया