३१ आश्विन २०८३, शनिबार

बामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ शुरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाई शुरू भएको छ ।

बुधबार भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाले आज संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जना न्यायाधीशको इजलासमा गौतमको मुद्दा पेशीमा थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । वरिष्ठ अधिवक्ता युवराज संग्रौलासहितको टोली गौतमको पक्षमा बहस गर्ने बताइएको छ ।

दुबै पक्षको बहस सकिएपछि आजै सर्वोच्चले आफ्नो निर्णय सुनाउने बताइएको छ । यसअघि सर्वोच्चको एकल इजलासले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।