
काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमविरुद्धको मुद्दामा आज शुक्रबार सुनुवाई हुँदै छ ।
बुधबार भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दै मा राखिएकाले आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जना न्यायाधीशको इजलासमा गौतमको मुद्दा पेशीमा छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
राष्ट्रिय सभामा गौतमको सिफारिस ठीक हो भन्ने पक्षमा बहस गर्न ३० भन्दा धेरै कानून व्यवसायीले तयारी गरेको बताइएको छ । वरिष्ठ अधिवक्ता युवराज संग्रौलासहितको टोली गौतमको पक्षमा बहस गर्न तम्तयार छ ।
दुबै पक्षको बहस सकिएपछि आजै सर्वोच्चले आफ्नो निर्णय सुनाउने बताइएको छ । यसअघि सर्वोच्चको एकल इजलासले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।















प्रतिक्रिया