शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ लाख नजिक

दैनिक नेपाल २०७७ असोज १६ गते ८:२६

काठमाडौं, १६ असोज । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ ।

हालसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टाको अद्यावधिक विवरणअनुसार ९९ हजार ८०४ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १ हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको बताइएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ ।

यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित