३१ आश्विन २०८३, शनिबार

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक जना संक्रमितको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ असोज । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ बजेको समयमा मृत्यु भएको हो । उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।