३१ आश्विन २०८३, शनिबार

आईपीएल क्रिकेट : मुम्बइ इन्डियन्सद्वारा किंग्स इलेवन पञ्जाब ४८ रनले पराजित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको पञ्जाबले ८ विकेटको क्षतिमा १४३ रन मात्रै बनायो ।

पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए । मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रीत बुमराह र राहुल चहारले २/२ विकेट लिए ।

पञ्जाबका ५ खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् । पञ्जाबविरुद्ध मुम्बईको यो सबैभन्दा ठूलो जित हो । यसअघि मुम्बईले पञ्जाबलाई सन् २०१६ मा २५ रनको अन्तरले हराएको थियो ।

यसअघि, मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए । योसँगै रोहितले प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाएको सुरेश रैनाको रेकर्डलाई पनि बराबरी गरेका छन् । आईपीएलमा रोहितको यो ३८औं अर्धशतक थियो ।

किरोन पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २० बलमा नटआउट रहँदै ४७ रन बनाए भने हार्दिक पान्ड्याले ११ बलमा ३० रन बनाए ।

पोलार्ड म्यान अफ द म्याच समेत चुनिए । एजेन्सी