३१ आश्विन २०८३, शनिबार

मन्त्रालय फुटाउने चर्चाबारे के भन्छन् वरिष्ट नेता रामचन्द्र पौडेल ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रायहरु फुटार सरकारले देशलाई थप आर्थिक भार थप्न लागेको बताएका छन् ।

पार्टीको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटार मन्त्रालय र मन्त्रीको संख्या बढाएर आर्थिक भार बढाउन लागेको भन्दै उनले यो कार्यको घोर विरोध गरेका छन् । मन्त्रालय फुटाएको खण्डमा कांग्रेस कडा विरोधमा उत्रिने पनि उनले स्पष्ट पारेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो ।’

तर, संविधानको उल्लंघन गर्दै कम्युनिष्ट पार्टीको सरकारले अनावश्यक भर्तीकेन्द्र बनाएर राज्यको ढुकुटी दोहन गरेको भन्दै उनले अगाडि लेखेका छन्, ‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली विनादरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसबिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।’

अहिले प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छ । त्यसलाई बढाएर २५ बनाउन लागेको चर्चा भइरहेको छ । यही विषयमा केन्द्रित भएर अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी समेत भइरहेको छ ।