शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

धरानको कोभिड अस्पतालका एक कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ असोज १५ गते ९:१२

धरान, १५ असोज । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको ती पुरुषको बुधबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित