३१ आश्विन २०८३, शनिबार

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १४ असोज । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्विट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेसनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएको छ । योसँगै यहाँ संक्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।