
काठमाडौं, १३ असोज । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बोलाउको छ ।
बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको विषयमा छलफल गर्न मन्त्री थापालाई बैठकमा बोलाइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन ।
गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारबाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो । यस्तै गृहमन्त्रीसँग नेपाल र चीनबीचको सीमाबारे पनि बैठकमा छलफल हुने छ ।















प्रतिक्रिया