
काठमाडौं, १३ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनष्टि पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि बालुवाटारमा भेटवार्ता शुरू भएको छ ।
मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षबीच आइतबारयता लगातार छलफल भइरहेको भए पनि सहमतिमा पुग्न भने अझै सकेका छैनन् । आजको भेटवार्तामा पनि सोही विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले टुक्रयाइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको बताइएको छ । तर, प्रचण्डले पनि पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सहभागी गराउने अडान निरन्तर राख्दै आएपछि छलफल निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
किनकी बामदेव गौतमबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ । उक्त रिटबारे सार्वोच्चले भोलि (बुधबार) सुनुवाई गर्दै छ । त्यसपछि मात्रै अवस्था हेरेर दुई अध्यक्षबीच सहमति जुट्ने स्रोतको भनाइ छ ।















प्रतिक्रिया