शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा दिँदै मेगा बैंक

दैनिक नेपाल २०७७ असोज १३ गते ११:३१

काठमाडौं, १३ असोज । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा १ करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्ने छन् ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई १ करोड रुपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ ।

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

 

प्रतिक्रिया
सम्बन्धित