बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

दैनिक नेपाल २०७७ असोज १३ गते ११:१४

जेनेभा, १३ असोज । कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण हालसम्म १० लाख ६ हजार ३८१ जनाको मृत्यु भएको छ । मृतकमध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् । विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन् ।

कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारी विश्वका १८८ वटा मुलुकमा फैलिसकेको छ । हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ । अमेरिकामा हालसम्म २ लाख ५ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ब्राजिल र भारतमा क्रमशः १ लाख ४१ हजार ७०० र ९५ हजार ५०० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भए पनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ । भारतमा हालसम्म ६० लाख मानिसमा यसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित