शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्लिस प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ असोज १३ गते ९:५८

काठमाडौं, १३ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरु भएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रिमियर लिगका कूल १ हजार ५९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये १० जना खेलाडीमा कोरोना देखिएको समाचारहरुमा उल्लेख छ ।

कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनका लागि आइसोलेसनमा बसिसकेको बताइएको छ । गत साता वेष्टहामका प्रशिक्षक डेविड मोयस, खेलाडी इसा डिओप र जोश कुलनमा कोरोना देखिएको थियो । उनीहरु अहिले पनि सेल्फ आइसोलेसनमा छन् ।

कोरोना भाइरस महामारीका कारण प्रिमियर लिगको २०२०–०२१ सिजन सेप्टेम्बर १२ देखि शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित