३१ आश्विन २०८३, शनिबार

ललितपुर महानगरभित्र मदिराको विज्ञापन गर्न नपाइने, फुटपाथ व्यापारमा प्रतिबन्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १३ असोज । ललितपुर महानगरपालिकाभित्र मदिराको विज्ञापन गर्न नपाइने भएको छ ।

यो सँगै महानगरभित्रका क्षेत्रमा राखिएका मदिराका विज्ञापनमा कालो पोतिएको छ । यो अभियान शुरु गर्दै झम्सिखेल क्षेत्रका होटल, रेष्टुराँअगाडि रहेका मदिराका विज्ञापन बोर्डमा कालो पोतिएको हो ।

महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान शुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । यस्तै ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा फुटपाथ पसल राख्न नपाइने भएको छ ।

पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको हो । फुटपाथमा तरकारी व्यापार, निर्माण सामग्री थुपार्न, गाडी पार्क गर्न र वर्कसपको काम गर्न समेत रोक लगाएको उनले बताएका छन् ।

महानगरपालिकाका विभिन्न ठाउँलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लैजाने योजना रहेको नगर प्रहरी प्रमुख हाछेथुको भनाइ छ । पैदल यात्रुलाई मध्यनजर गरेर फुटपाथ छुट्याइएको भएकाले सहजताका लागि यो निर्णय गरिएको उनले बताए ।