शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आईपीएलमा बैंगलोरले मुम्बइलाई सुपर ओभरमा हराउँदै निकाल्यो दोस्रो जित

दैनिक नेपाल २०७७ असोज १३ गते ८:४१

काठमाडौं, १३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बइलाई सुपर ओभरमा हराउँदै दोस्रो जित निकालेको छ ।

सोमबार राति यूएई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई बैंगलोरले दिएको २०२ रनको लक्ष्यमा मुम्बइले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बइले १ विकेट गुमाएर ७ रन बनायो । बैंकलोरले विनाविकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको बैंगलोरको ४ अंक भएको छ । हारेको मुम्बइको २ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित