शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असोज १२ गते १६:४२

काठमाडौं, १२ असोज । बितेको २४ घण्टामा काठमाडौंमा ६४९ जनासहित उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित