३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । बितेको २४ घण्टामा काठमाडौंमा ६४९ जनासहित उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।