शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पछिल्लो २४ घण्टामा थपिए १३५१ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असोज १२ गते १६:२१

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जना नयाँ कोरोना संक्रमित थप भएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार सोमबार देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १० हाजर ८० पीसीआर परीक्षण भएको थियो । त्यस्तै पछिल्ले २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ ।

प्रतिक्रिया
सम्बन्धित