शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अर्थसंसार डटकमको प्रधान सम्पादकमा पुनः घिमिरे नियुक्त

दैनिक नेपाल २०७७ असोज १२ गते १५:५४

काठमाडौं, १२ असोज । अर्थसंसार डटकमको प्रधान सम्पादकमा लीलानाथ घिमिरे पुनः नियुक्त भएका छन् ।

सिन्धुलीलाई कर्मक्षेत्र बनाएर लामो समय पत्रकारिता गरेका घिमिरे अर्थसंसार डटकममा दोस्रो पटक प्रधान सम्पादक भएका हुन् । प्रधान सम्पादक घिमिरेसँग कान्तिपुर दैनिकमा २२ वर्ष काम गरेको अनुभव छ ।

कान्तिपुर दैनिकमा बरिष्ठ उपसम्पादकसम्म भएर उनले अर्थ बाणिज्य ब्युरोमा काम गरे । त्यहाँ रहँदा उनले सूचना प्रविधि र बजारबारे कलम चलाउँदै आएका थिए । घिमिरेले अमेरिकाको न्युयोर्कमा रहेर त्यहाँको नेपालय पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए ।

उनले अमेरिकाबाट कारोबार दैनिक र अनलाइन खबर डटकमको संवाददाता भएर रिपोटिङ गरेको गरेका थिए ।
उनले जम्नथलो सिन्धुलीको पहिलो दैनिक पत्रिकका प्रभातफेरि, पहिलो पाक्षिक पत्रिका सिन्धुलीगढीको सम्पादक प्रकाशक भएर प्रकाशन सुरु गरेका थिए ।

उनकै सम्पादकत्वमा सिन्धुलीबाट जनप्रभात साप्ताहिक पनि प्रकाशन भएको थियो । उनी कानून ब्यवसायी र सामाजिक अभियन्ता पनि हुन् । उनले समृद्ध सिन्धुली अभियानको संयोजक भएर सिन्धुली जिल्लालाई चिनाउन भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित