शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जबरजस्ती करणी गर्ने साह र मिया पक्राउ

दैनिक नेपाल २०७७ असोज १२ गते १५:४७

काठमाडौं, १२ असोज । ११ वर्षकी एक बालिका र २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

११ वर्षीयालाई करणी गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का शंकर साह र २५ वर्षीया महिलालाई करणी गरेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ का २० वर्षीय मोहमद सहिद मियालाई आइतबार प्रहरीले पक्राउ गरेको बताएको छ ।

दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित