बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रहरी परिसर ललितपुरमा बाटिका तथा अमर प्रहरी स्मारक उद्घाटन

दैनिक नेपाल २०७७ असोज १२ गते १५:३८

ललितपुर, १२ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरे ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए ।

प्रहरी र नागरिक एकआपसमा साझेदारी गर्दै कानुन तथा सरकारले अख्तियार गरेको नीति निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा सोही परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित