बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एसिड आक्रमण गर्नेमाथि कडा सजायको प्रावधानसहित राष्ट्रपतिद्वारा अध्यादेश जारी

दैनिक नेपाल २०७७ असोज १२ गते १५:२४

काठमाडौं, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी गरेकी छिन् ।

एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गगरेको राष्ट्रपति कार्यालयले बताएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको कार्यालयले बताएको छ ।

सरकारले अध्यादेशमार्फत कानून संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको थियो ।

राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ सँगै फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन अध्यादेश २०७७ पनि जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित