शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्ड निष्कर्षविहीन

बामदेवलाई मन्त्री बनाउने प्रचण्डको अडान यथावत !

दैनिक नेपाल २०७७ असोज १२ गते १५:१५

काठमाडौं, १२ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज भएको भेटवार्ता पनि विनानिष्कर्ष टुंगिएको छ ।

दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन अब केही ढिलो हुने आँकलन गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले चाँडै मन्त्रिपरिषदको पुनर्गठन गर्न चाहेका भए पनि अर्का अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउनुपर्ने अडानमा अडिग भएपछि छलफल टुंगोमा पुग्न नसकेको बताइएको छ ।

उता गौतमबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रचण्ड केही ढिलो गरी मन्त्रिमण्डल पुनर्गठनको पक्षमा छन् ।

यसअघि आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । प्रधानमन्त्रीले केही मन्त्री मात्रै फेर्ने रणनीति बनाएका छन् भने प्रचण्डले दुई वर्ष अवधि पूरा गरेका सबै मन्त्री फेर्नुपर्ने अडान राखेको स्रोतहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित