शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सप्तरीमा ५० वर्षीया महिलाको ‘वीभत्स’ हत्या

दैनिक नेपाल २०७७ असोज १२ गते १३:३६

-सांकेतिक तस्वीर

सप्तरी, १२ असोज । सप्तरीमा एक महिलाको वीभत्स हत्या भएको छ ।

जिल्लाको तिरहुत गाउँपालिका–२ मेनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादवको हत्या भएको हो । शनिबार राति सुतिरहेको ठाउँबाट उठाएर आँगनमा ल्याएर यादवको हत्या गरिएको प्रहरीले बताएको छ ।

अज्ञात समूहले उनको घाँटीमा डोरी कसेर, अनुहार तथा टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको कानको लोती छिनाइएको छ भने आँखामा गहिरो चोट देखिएको छ ।

उनका श्रीमान् विराटनगरमा शिक्षण पेशामा छन् । एक छोरा दिल्ली र अर्का काठमाडौंमा बस्छन् । परिवारमा अन्य कोही नभएका कारण यादव एक्लै बस्थिन् ।

प्रतिक्रिया
सम्बन्धित