३१ आश्विन २०८३, शनिबार

चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ असोज । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राति सार्वजनिक भएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७०० नाघेको छ ।