शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता

बामदेवलाई मन्त्री बनाउने प्रचण्डको अडानले मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई !

दैनिक नेपाल २०७७ असोज १२ गते १२:१७

काठमाडौं, १२ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ ।

दुई अध्यक्षबीचको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे थप छलफल हुने बताइएको छ । यसै विषयमा ओली र दाहालबीच केही दिनयता निरन्तर छलफल हुँदै आएको छ । तर, केही मतभेदका कारण मन्त्रिमण्डल पुनर्गठनको विषय टुंगोमा पुग्न सकेको छैन ।

यसअघि आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । प्रधानमन्त्रीले केही मन्त्री मात्रै फेर्ने रणनीति बनाएका छन् भने प्रचण्डले दुई वर्ष अवधि पूरा गरेका सबै मन्त्री फेर्नुपर्ने अडान राखेको स्रोतहरुले दाबी गर्दै आएका छन् ।

त्यतिमात्र होइन प्रचण्डले भर्खरै राष्ट्रियसभामा प्रवेश गरेका पार्टी उपाध्यक्ष बामदेव गौतमलाई समेत मन्त्री बनाउने अडान राख्दै आएका छन् । तर, गौतमबारे हदालतमा मुद्दाहरु विचाराधीन रहेका कारण अहिले नै उनलाई मन्त्री बनाउने अवस्था छैन ।

त्यसैले प्रचण्ड तत्काल मन्त्रिमण्डल विस्तार गर्न आनाकानी गरिरहेको बताइएको छ । बामदेवकै लागि भए पनि पुनर्गठनको काम केही ढिला गर्नुपर्ने मुडमा प्रचण्ड छन् ।

प्रतिक्रिया
सम्बन्धित