
काठमाडौं, १२ असोज । काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
हुम्लामा चिनियाँ पक्षले नेपालसँगको सीमा मिचेको दाबीसहित आज बिहान दूतावासअगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो ।
सोही क्रममा प्रहरीले नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरीले मालीगाउँमा राखेको बताइएको छ । पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ ।















प्रतिक्रिया