शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप

दैनिक नेपाल २०७७ असोज १२ गते १०:४८

काठमाडौं, १२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । उनले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउँदै आएका छन् ।

घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गरेका छन् ।

आफूले कर तिर्दै आएको दाबी गर्दै उनले सन् २०१६ मा आफू राष्ट्रपति बनेपछि आफ्नो छोराले कारोबार सम्हाल्दै आएको उनले बताएका छन् । ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित