
काठमाडौं, १२ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही केही ठाउँमा पानी पर्ने बताएको छ ।
सोमबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको बताउँदै हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जानकारी दिएको छ ।
यस्तै, आज सोमबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
यसैगरी राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
यसैबीच महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको अर्यालको भनाइ छ ।















प्रतिक्रिया