शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अभ्यासमा फर्किए ब्याडमिन्टन खेलाडी

दैनिक नेपाल २०७७ असोज ११ गते १७:४७

काठमाडौं, ११ असोज । नेपालका ब्याडमिन्टन लेलाडीहरु आइतबारदेखि अभ्यासमा फर्किएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा ब्याडमिन्टनको अभ्यास खेल थालिएको हो । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाएकोमा खेलाडीहरुले खुशी र उत्साह प्रकट गरेका छन् ।

कोरोना भाइरसले प्रभावित बनाएको नेपालको खेल क्षेत्र अझै पनि क्रियाशील बन्न सकेको छैन । तर, सरकारले लामो समयदेखिको बन्दाबन्दी र निषेधात्रा हटाएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विभिन्न गतिविधिहरु सुचारु हुन थालेसँगै ब्याडमिन्टन खेलाडीले पनि अभ्यास शुरु गरेका हुन् ।

प्रशिक्षणको पहिलो दिन १० जना खेलाडी उपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित