शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रोशन कुताल र जुना शिरीषको स्वरमा आयो ‘रामकसम’

दैनिक नेपाल २०७७ असोज ११ गते १५:५०

काठमाडौं । गायक रोशन कुताल क्षेत्री र जुना शिरीष मगरको स्वरमा लोकदोहोरी गीत ‘राम कसम’ बजारमा आएको छ ।

यो गीतमा रोशन र जुनालाई सूर्य खड्का र सन्ध्या आचार्यले स्वरमा साथ दिएका छन् भने केशव पौडेलको लिरिक्स रहेको गीतमा रोशन कुताल क्षेत्रीले नै संगीत भरेका छन् । हेमन्त शिशिरले एरेञ्ज र मिक्सिङ गरेको ‘रामकसम’को म्यूजिक भिडियोमा जेविका कार्की र रमेश थापालाई फिचर गरिएको छ ।

चित्र मस्की मगरले निर्देशन गरेको यो भिडियोमा माधव श्रेष्ठले कोरियोग्राफी गरेका छन् भने शम्भु चालिसेले यो म्यूजिक भिडियोको छायांकन गरेका हुन् ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित