३१ आश्विन २०८३, शनिबार

अनुशासन उल्लंघनको घटनामा सेनाले शुरु गर्यो ‘कोर्ट अफ इन्क्वाइरी’

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । शान्ति स्थापनाका लागि कंगोमा खटिएको नेपाली सेनाको गणमा भएको घटनाबारे नेपाली सेनाले छानविन थालेको छ ।

अफ्रिकी राष्ट्र कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरित भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि नियमानुसार ज्येष्ठ सेनानीको नेतृत्वमा छानविनको प्रकृया (कोर्ट अफ इन्क्वाइरी) शुरु गरेको बताएको छ ।

शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासन कायम राख्नका लागि नेपाली सेना प्रतिबद्ध रहेको जनाउँदै घटनाबारे छानविन थालेको शनिबार एक प्रेस नोटमार्फत सेनाले जानकारी दिएको छ ।

३ जना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । सो कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको बताइएको छ ।