
सुर्खेत, १० असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयले नै यसबारे स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो नेपाली भूमि अतिक्रमण नभएको उनले दाबी गरेका छन् ।
दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरी शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले चीनले नेपाली भूमि नमिचेको बताएका हुन् ।
त्यसो त नेपालको अनुगमन टोलीले पनि ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालेको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएकोबारे स्थलगत अनुगमनमा गएको नेपाली टोली उक्त निष्कर्षमा पुगेका हो ।
हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको बताइएको छ ।
नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए ।















प्रतिक्रिया