३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा कोरोना संक्रमणबाट २० वर्षीय सैनिक जवानको मृत्यु

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । काठमाडौंका कोरोना संक्रमणबाट २० वर्षीय सैनिक जवानको मृत्यु भएको छ ।

बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत ती सैनिक जवानको वीरेन्द्र सैनिक अस्पताल (छाउनी) मा शुक्रबार राति मृत्यु भएको हो । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

उनी ६ गते छारे रोगको लक्षण देखिएर बेहोस भएका थिए । बेहोस भएका सैनिक जवानलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो ।

बिहीबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपाली सेनामा कार्यरत् दुई सैनिकको कोरोना संक्रमणबाट मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।