३१ आश्विन २०८३, शनिबार

कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० असोज । चितवनमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हेटौंडाका संक्रमितको मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

यही असोज ३ गते अस्पताल भर्ना भएका उनमा ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।