३१ आश्विन २०८३, शनिबार

युक्रेनमा प्रशिक्षार्थी विद्यार्थी बोकेको सैन्य विमान दुर्घटना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेन, १० असोज । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा खार्किभ शहरमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको बताइएको छ ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता ४ जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।