३१ आश्विन २०८३, शनिबार

बैंकिङ कसुर मुद्दामा १२ करोड २७ लाख जरीवाना र ६ वर्ष कैद सजाय पाएकी जयन्ती पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ९ असोज । बैंकिङ कसुर मुद्दामा १२ करोड २७ लाख ४७ हजार रुपैयाँ भन्दा बढी जरीवाना र ६ वर्ष कैद साजय पाएकी काभ्रेकी जयन्ती केसी पक्राउ परेकी छिन् ।

उच्च अदालत पाटले उक्त सजाय तोकेपछि फरार रहेकी बनेपा नगरपालिका–४ श्रीखण्डपुर टोलकी ५६ वर्षीया केसीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमा उनलाई १२ करोड २७ लाख ४७ हजार रुपैयाँ भन्दा बढी जरीवाना र ६ वर्ष कैद साजय सुनाएको थियो ।

पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार ११६ रुपैयाँ ७८ पैसा जरीवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरीवाना र ३ वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेकी केसीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको तथा उक्त अदालतको आदेशले कैद तथा जरीवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले बताएको छ ।