मंगलबार, ४ असार २०८१
DainikNepal.com
मंगलबार, ४ असार २०८१

बिहीबार १२ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार कति बढ्यो ?

दैनिक नेपाल २०७७ असोज ९ गते १५:०७

काठमाडौं, ९ असोज । बुधबार र बिहीबार १२/१२ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार फेरि ८०० रुपैयाँले बढेको छ ।

८०० रुपैयाँ बृद्धि भएसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार समग्रमा यो हप्ता सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २०० रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा १ हजार ७०० रुपैयाँ घटेर सुनको प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भयो ।

त्यही मूल्यमा बुधबार र बिहीबार तोलामा समान १ हजार २०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन विक्रीमा आएपछि मूल्य घट्दै गएको महासंघको भनाइ छ ।

यस्तै चाँदी शुक्रबार तोलामा ४० रुपैयाँ बढेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित