३१ आश्विन २०८३, शनिबार

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठद्वारा राजीनामा, गोपाल बुढाथोकी नयाँ कार्यवाहक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार बसेको प्रेस काउन्सिलको बोर्ड बैठकमा उनले राजीनामा दिएका हुन् । काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताका निम्ति आफूले राजीनामा दिएको श्रेष्ठले बताएका छन् ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त पदमा काउन्सिल बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । त्यसअघि उनी २०६२/६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा निरन्तर रहँदै आएका छन् र कार्यवाहकबाट राजीनामा पछि पनि उनी सदस्यमा रहिरहने बताइएको छ ।

श्रेष्ठले राजीनामा दिएसँगै काउन्सिलको बोर्ड बैठकले सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकेको छ । बुढाथोकी साँघु साप्ताहिकका प्रकाशक सम्पादक हुन् ।