३१ आश्विन २०८३, शनिबार

स्याङ्जाको वालिङ तमादीमा फेरि खस्यो पहिरो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ९ असोज । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा फेरि पहिरो खसेको छ ।

बिहीबार पहिरो खसेर घर पुर्दा ९ जनाको ज्यान गएकै ठाउँमा आज शुक्रबार बिहान फेरि ठूलो पहिरो खसेको हो । पहिरोले कृष्णबहादुर खनालको घरगोठ पुरिएको छ । तर, जोखिम भएपछि दुई परिवारलाई सुरक्षित ठाउँमा सारिएकाले खनालको परिवार जोगिएको बताइएको छ ।

मानवीय क्षति नभए पनि गोठ पुरिँदा दुई वटा भैंसी र कुखुराहरु भने मरेका छन् ।