३१ आश्विन २०८३, शनिबार

रिजाल र शिवाकोटीलाई बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रदान गरिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले ‘बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०’ बाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई प्रदान गरिने भएको छ ।

सुशासनका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई दिइने १० लाख रुपैयाँ राशीको अवार्ड यस वर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भए अनुसार रिजाल र शिवाकोलाई प्रदान गर्न लागिएको हो ।

पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस वर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए ।

यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई–दुई बर्षमा प्रदान गरिने श्रेष्ठले बताए । अवार्ड इञ्जीनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् ।

जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।

यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टीभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केर्नी न्युज) कैलाली छन् ।

त्यसैगरि विभिन्न ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरिएको छ । यस अवार्डबाट पुरस्कृत हुनेहरुमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौ, शिक्षा पत्रकारितातर्फ दीपेन्द्र प्रसाद सिंह (न्यूज कारोबार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रहेका छन् । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।