
काठमाडौं, ८ असोज । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो आगामी आइतबार (असोज ११ गते) सार्वजनिक गर्ने भएको छ ।
आफ्नो सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत उक्त फोन सार्वजनिक गर्ने जानकारी कम्पनीले दिएको छ ।
लाइभ लञ्च इभेन्टमा ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सञ्जोग राई लगायतको उपस्थिति रहने ओपो मोबाइल्स नेपालले बताएको छ ।
लामो समयदेखि कम्पनीले ‘एफ’ सिरिजमार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा ‘एफ’ सिरिजलाई उपभोक्ताहरूले सुरुवाती दिनदेखि नै सर्वाधिक रुचाइरहेको कम्पनीको दाबी छ । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको बताइएको छ ।
‘एफ१७’ सिरिज मार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेन्डसेटर्स यूवाहरूका लागि एफ सिरिजको नयाँ समिकरण ओपो एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरू पनि उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।
क्यामेरा
एफ१७ प्रोमा ६ एआई पोटे«ट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवलप्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।
अल्ट्रा स्लिकफोन
ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्चहोल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रवर्तनात्मक शाइनी म्याट रंगहरूको प्रयोग गरिएको छ । मोटाइ जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको तौल १६४ ग्राम रहेको छ । २२० डिग्री राउन्डेड एड्जसहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मुथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्ले
एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्चहोल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।
३० वाट भोक फ्ल्याश चार्ज ४.०
एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेटभित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३० वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधिबाट चार्जिङ मात्र तीब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनीकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइम पनि उपलब्ध गराउँछ ।
टप फोन मेटेरियल ट्रेन्ड
ओपो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट पु्रफ फिनिश दिंदै फोनलाई उच्च कोटीको प्रिमियम इफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरी पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ । उपभोक्ताको व्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ ।















प्रतिक्रिया